President's Valedictory Message
४ जुलाई, २०२६
लायन्स क्लब अफ बुटवल हार्ट्स र लियो क्लब अफ बुटवल हार्ट्स कान्ति अल्फाले संयुक्त रुपमा आयोजना गरेको 2nd Charter Anniversary, Handover and Award Distribution Ceremony का प्रमुख अतिथि हाम्रो क्लबका Guiding Lion आदरणीय Anil Prasad Shrestha ज्यु, हाम्रो क्लब का Charter President Lion Prabindra Govinda Shrestha ज्यू, Leo Club of Butwal Hearts Kanti Alpha का President Leo Dipson Ramjali ज्यु, Leo District Council 32P का GST Coordinator Leo Gokul Bhandari ज्यु, Lions Club of Butwal Kshitiz का Past President Lion Pujan Thapa ज्यु, Lions Club of Butwal Kshitiz का Past President Lion Dhruba Sharma ज्यु, Incoming President Lion Basudev Pandey ज्यू, सम्पूर्ण पदाधिकारी तथा Lions साथीहरु, Leo भाइबहिनीहरु, Volunteers र मेरो सम्पूर्ण Lions family — नमस्कार र शुभ साँझ।
आज यहाँ उभिएर हजुरहरू सबैको अनुहार हेरिरहँदा म एकदमै emotional भइरहेको छु। मनमा एउटा छुट्टै खुसी, गर्व र कृतज्ञता छ। जब मैले Lionistic Year 2025–26 को लागि यो club को presidency सम्हालेको थिएँ, मलाई थाहा थियो यो यात्रा सहज हुने छैन। तर आज फर्केर हेर्दा, म ढुक्क भएर भन्न सक्छु—यो मेरो लाइफकै one of the best learning and life-changing chapter रह्यो। त्यतिबेला आफु confident नहुँदा पनि मलाई यो opportunity grab गर्न motivate गर्नुहुने प्रबिन्द्र दाई र अभिमन्यु दाईलाई धेरै धन्यवाद दिन चाहन्छु। आफु संगै चितवन लगेर मलाई ELLI ट्रेनिंग लिन प्रेरित गर्नुहुने आदरणीय अनिल दाईलाई पनि धेरै धन्यवाद दिन चाहन्छु।
हामी एउटा सानो क्लब हौँ। हामीसँग एकदमै limited budget थियो, members पनि थोरै हुनुहुन्छ, सबैजना आ-आफ्नो प्रोफेसनल लाइफमा व्यस्त हुनुहुन्छ । सुरुमा लाग्थ्यो, यो सानो टिमले कसरी काम गर्ला? तर हामीसँग संख्या थोरै भए पनि, ठुलो मन थियो, dedication थियो र समाजका लागि केही गर्नुपर्छ भन्ने अठोट थियो। यो वर्ष हाम्रा लागि challenging त थियो, तर त्यति नै exciting र memorable पनि रह्यो।
मैले यो पूरा कार्यकालमा हाम्रा Charter President ले आफ्नो कार्यकालमा सेट गर्नुभएको त्यो high benchmark, त्यो legacy लाई follow गर्ने सक्दो प्रयास गरेँ। सोंचेका कतिपय कामहरु पुरा गर्न सकिएन, तर म आज हजुरहरू सामु उभिएर भन्न सक्छु — आफ्नो काम संगसगै बचेको time manage गरेर क्लबको लागि गर्नु पर्ने काममा मैले आफ्नो तर्फबाट कुनै कसुर बाँकी राखिन। लायनिज्ममा लागेको दोस्रो बर्षमै नेतृत्व लिएर हिडेको यो यात्रामा यदि मबाट थाहा नपाइकन कुनै गल्ती कमजोरी भएको भए, वा कसैको मन दुखेको भए, म हात जोडेर क्षमा चाहन्छु। मैले जे गरेँ, यो क्लब र हाम्रो समाजको भलाइका लागि प्रयास मात्र गरेँ।
The Heartbeat of Our Club: Food For All
जब हामी Lions Club of Butwal Hearts को कुरा गर्छौँ, तब सबैभन्दा पहिले हाम्रो दिमागमा आउने नाम नै Food For All हो। यो हाम्रो क्लबको धड्कन हो। यो नै हाम्रो क्लबको मुख्य पहिचान बनेको छ।
आज मलाई यो भन्दै गर्दा एकदमै गर्व महसुस भइरहेको छ कि हाम्रो यो weekly food feeding program आज 210 हप्ता मा पुगेको छ। विगत चार वर्ष झैं यो वर्ष पनि हामीले एउटै पनि शनिबार miss गरेनौँ। पानी परोस्, चर्को घाम होस्, वा हाम्रो आफ्नै व्यक्तिगत काम होस्—हामीले हाम्रो आश गरेर बसेका ती बाल बच्चाहरु, बुढाबुढी असहाय आमा बुवाहरुलाई खाना खुवाउन कहिल्यै रोकेनौँ।
- Lion Pujan Thapa ज्यू: यो अभियानको सुरुवात गर्ने झिल्को हजुर नै हो। हजुरले Food For All सुरु मात्र गर्नु भएन, हरेक शनिबार हामी संगै उपस्थिति भएर धेरै motivate पनि गर्नु भयो, मनै देखि सेवा को उदाहरण दिनुभयो। Thank you so much. You are a true Philanthropist.
- Lion Dhruba Sharma ज्यू: यो program लाई निरन्तरता दिन हजुरले जसरी वर्षभरी गाइड गर्नुभयो, सपोर्ट गर्नुभयो, suggestion दिनु भयो, त्यसको लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
- हाम्रा सम्पूर्ण sponsors र volunteers: तपाईंहरु नै यो अभियानका असली हिरो हो। हजुरहरूले आफ्नो गोजीबाट पैसा मात्र दिनुभएन, आफ्नो अमूल्य समय पनि दिनुभयो। आज यहाँ उपस्थित सम्पूर्ण भोलन्टियर्स—जसले खाना बोक्नुभयो, बाँड्नु सहयोग गर्नुभयो, भीड म्यानेज गर्नुभयो—हजुरहरू नै यो क्लबको मेरुदण्ड हो। खुमलाल सर, प्रकाश दाई, सुदन दाई, थ्याङ्क यू सो मच सधैँ साथ दिनुभएकोमा।
Innovation in Service & Future Dreams
एउटा असल लिडरशिपले जे छ त्यो follow मात्रै गर्ने हैन, नयाँ र राम्रो कुराको सुरुवात पनि गर्नुपर्छ भनेर आदरणीय Charter Presidentज्युले आफ्नो कार्यकालमा मलाई एउटा महत्वपुर्ण जिम्मेवारी दिनु भएको थियो। समयको पावन्दी र विविध कारणले गर्दा अघिल्लो वर्ष नै मैले त्यो जिम्मेवारी पुरा गर्न त सकिन तर यो वर्ष भने हामीले एउटा ठुलो डिजिटल फड्को मार्यौँ। म आज एकदमै खुसीका साथ हाम्रो क्याम्पेन Gift Meal को मोबाइल एप तयार भएको घोषणा गर्न चाहन्छु। आशा छ आगामी बर्ष धेरै रेष्टुरेन्टहरु सँग tie-up गरेर हाम्रो समाजमा रहेका भोका हरुलाई Gift Meal Campaign मार्फत भोजन वितरण गर्न सुरु गरिनेछ।
हो, हामीले सोचेका सबै सपनाहरू सोचेकै समयमा पूरा हुँदैनन्। हामीले यो वर्ष Buy Nothing Butwal भन्ने एउटा राम्रो प्रोजेक्ट पनि प्लान गरेका थियौँ, ताकि समाजमा sustainability र sharing को भावना बढोस्। विविध कारणले गर्दा यो वर्ष हामीले यसलाई execute गर्न सकेनौँ। मलाई आशा छ यो बर्ष भने हामीले यो project लाई पनि execute गर्नेछौं र Lions Club of Butwal Hearts लाई Lions Community मात्रै होइन आम समुदायमा पनि चिर-परिचित गराउने छौं।
म आफै tech profession मा भएको मान्छे, वर्ष भरि धेरै काम त गरिन्छ तर यी सबै memoriesलाई चाहिएको बेला सजिलै भेटाउन मिल्ने गरि सँगालेर राख्नु चै पर्छ है भन्ने मनमा लागिरहेको थियो। कार्यकालको अन्त्य सम्ममा आउँदा त्यो इच्छालाई क्लबको वेबसाइट butwalhearts.org मार्फत पुरा गरेको छु। आशा छ आगामी कार्यकालका अध्यक्षज्युहरुले पनि यसको सदुपयोग गरि हाम्रो क्लबको सम्पूर्ण moment हरु preserve गर्नुहुने छ।
Anchors of My Tenure
सामुहिकता को भावनाले नै एउटा क्लब चल्न सम्भव हुन्छ। मलाई एउटा यस्तो सानो तर बलियो टिम मिल्यो, जसले वर्षभरी नै काँधमा काँध मिलाएर मलाई साथ दियो र यो वर्ष पनि District मा क्लबले आफ्नो पहिचान छोड्न सफल भयो, एउटा अब्बल प्रतिस्पर्धी बन्न सफल भयो।
- Charter President Lion Prabindra Govinda Shrestha ज्यू: हजुरलाई धेरै-धेरै धन्यवाद। मलाई यो क्लब लीड गर्ने अवसर दिनुभयो, ममाथि विश्वास गर्नुभयो, वर्षभरी मलाई मोटिभेट गरिरहनुभयो र आत्म विश्वास थपिदिनु भयो। हजुर मेरो लागि एउटा North Star हुनुभयो जसले अँध्यारो रातमा पदयात्री हरुलाई जस्तै मलाई पनि गाइड गर्नु भयो। र आज मलाई अझ बढी खुसी लागेको छ कि हजुर आगामी Lionistic Year 2026–27 को लागि Zone Chairperson मा नियुक्त हुनुभएको छ। मलाई विश्वास छ तपाईं अन्तर्गत रहेका क्लबहरुमा यस्तै जादुमयी नेतृत्व छर्नुहुनेछ। हजुरलाई धेरै-धेरै बधाई तथा शुभकामना!
- Lion Basudev Pandey ज्यू: हजुर मेरो लागि एउटा ठुलो दाइ जस्तै हुनुहुन्थ्यो, जसको गाइडन्सले मलाई सधैँ सही बाटो देखायो। de-motivate भएर ठुस्स परेर बसेको बेलामा पनि हल्का व्यङ्ग मार्फत motivate गर्ने जादुमयी कला हजुर सँग छ। आज यो ह्यान्डओभर गरिरहँदा म ढुक्क छु कि हजुरको नेतृत्वमा हाम्रो क्लबले अझै नयाँ उचाइ लिनेछ। बधाई छ, मिस्टर प्रेसिडेन्ट!
- Lion Anish Ratna Tuladhar ज्यू: हरेक शनिबार, आफ्नो क्यामरा र इक्विपमेन्ट बोकेर आइपुग्नुहुन्थ्यो। आफ्नो प्रोफेसनल duty को बिचमा पनि केहि समय निकालेर बसपार्कमा उपस्थित भएको सदैव सम्झिरहनेछु। हाम्रा सेवाका ती अमूल्य क्षणहरूलाई हजुरले क्यामरामा कैद गरेर, राम्रा-राम्रा तस्बिर भिडियोहरू मार्फत हाम्रो क्लबको एउटा छुट्टै ब्रान्डिङ गरिदिनुभयो।Thank you so much for all your help.
- Lion Nishan Lal Shakya ज्यू: वर्षभरी मेरो दायाँ-बायाँ बसेर, हरेक डकुमेन्टेसन र अफिसियल काममा मलाई जसरी सपोर्ट गर्नुभयो, त्यसको गुन म कहिल्यै बिर्सिन सक्दिनँ। एउटा सेक्रेटरीको काम कति गाह्रो हुन्छ मलाई थाहा छ, तर तपाइले आफ्नो व्यस्त समयका वावजुद पनि हाँसीहाँसी सम्हाल्नुभयो। थ्याङ्क यू सो मच। र यहि लायन बर्षमा पवित्र विवाह बन्धनमा पनि बाँधिनुभएको छ। सुखद वैवाहिक जीवन को धेरै शुभकामना।
नयाँ सदस्यज्युहरुलाई पनि क्लबमा हार्दिक स्वागत गर्दै यो वर्ष सक्रियताका साथ कार्यक्रमहरुमा सहभागिता जनाउनुहुनेछ भन्ने आशा गरेको छु। लायन धर्मराज भण्डारीज्यू लाई कोषाध्यक्ष पदको लागि हार्दिक बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। लायन प्रकाश कुमार नेपालज्यू, जो विभिन्न संघ सँस्थाको नेतृत्व गरिसक्नु भएको छ, आशा छ यहाँको अनुभवले हाम्रो क्लबका साथीहरुलाई पनि नेतृत्व विकासमा सहयोग पुर्याउने छ। यहाँ उपस्थिति जनाउन नसक्नु भएका सम्पूर्ण क्लब सदस्यज्युहरुलाई पनि धेरै धन्यवाद दिन चाहन्छु।
Our Youth, Our Future: The Leo Club
युवाहरूको इनर्जी बिना कुनै पनि सेवा अपुरो हुन्छ। हाम्रो लियो क्लबले यो वर्ष कमालको काम गरेको छ।
- Leo Club of Butwal Hearts Kanti Alpha का President Dipson Ramjali ज्यु : तपाईं र तपाईंको टिमको भोलन्टियरिङ इनर्जी एकदमै तारिफयोग्य रह्यो। अब Leo Region Chairperson को नयाँ लिडरशिप यात्राको लागि धेरै-धेरै बधाई तथा हार्दिक शुभकामना।
- Incoming Leo President Yugal, Secretary Rajan र Treasurer Subodh: हजुरहरू लाई धेरै-धेरै बधाई। कान्तिमा लियो मुभमेन्टको भविष्य अब हजुरहरूको हातमा छ, र मलाई विश्वास छ हजुरहरूले यसलाई अझै उचाइमा पुर्याउनुहुनेछ। निकट भविष्यमा लायन्स क्लब अफ बुटवल हार्ट्स कै नेतृत्व गरेको देख्ने हाम्रो इच्छा पुरा हुनेछ भन्ने आशा गरेको छु।
र सम्पूर्ण लियो क्लबका पदाधिकारीहरुलाई पनि सफल कार्यकालको लागि धेरै शुभकामना।
